kumari
stcnepal

दुई नाले बन्दुक, १ थान कार्टिज सहित पर्सामा ३ जना पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सा बाट बन्दुक सहित ३ जनालाई पक्रेको छ । पर्सागढी नगरपालिका– ५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, ५५ वर्षीय रामजी ठाकुर र एक १६ वर्षीय युवक पक्राउ परेका हुन् ।

उनीहरुको साथ बाट सुपर क्वालिटी लङ रेञ्ज लेखिएको दुई नाले बन्दुक १ थान, बन्दुकमा लाग्ने कार्टिज १ थान समेत बरामद भएको सशस्त्र प्रहरी बल १३ नं. हेड क्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेलले जानकारी दिए ।

बिहीबार बिहान ९ बजे सबैठवा बाट ना. ५७ प ३६२८ नम्बरको मोटरसाइकलमा पर्सागढी तर्फ जाँदै गर्दा पर्साको विन्दवासिनी गाउँपालिका–३ नहरचोक बाट उनीहरु बन्दुक सहित पक्राउ परेका उनले बताए । हतियार, मोटरसाइकल सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

 

 

 

footer