kumari
stcnepal

बेवारिसे अवस्थामा रहेका ७ वटा बुलेट मोटरसाइकल बरामद

काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ वटा बुलेट मोटरसाइकल बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र बाट ती मोटरसाइकल बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकल बिहीबार भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाका बाट भन्सार छली गरेर मोटरसाइकल भित्र्याइएको हो। सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् ।

 

 

 

 

 

footer