kumari
stcnepal

आज थपिए १२ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण घट्दै गएको छ । यही क्रममा शुक्रबार पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ८९ जना संक्रमण मुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा झरेको छ । शुक्रबार २६ हजार ४५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

footer