kumari
stcnepal

धनुषा मालपोत कार्यालयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ

जनकपुरधाम । धनुषा मालपोत कार्यालयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोक बाट सोमबार बिहान पक्रेको हो ।

सेवाग्राही सँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । एउटा मुद्दाको फैसला गराइदिने भन्दै झाले रकम लिइरहेका थिए । उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

 

 

footer