kumari
stcnepal

ट्रकको ठक्कर बाट एकको निधन

बनियानी । झापाको बिर्तामोड नगरपालिका-२ स्थित रामचोकमा गए राति ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको ना६ख ६४५५ न. को ट्रकले विपरीत दिशा बाट जाँदै गरेको बा१५प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा भएको थियो ।

मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

footer