kumari
stcnepal

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोलीसहित एक युवती पक्राउ

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट हिजो आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट चेकजाँचका क्रममा गोली बरामद भएको थियो ।

एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको हो ।

footer