kumari
stcnepal

पर्सामा १५ वर्षीया बालिकालाई करणी आरोपमा युवक पक्राउ

पर्सा । प्रहरीले १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ बस्‍ने २२ वर्षीय आदेश पटेल रहेका छन् ।

पीडित बालिकाको अभिभावकको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।पटेलले बालिकालाई पिछा गरी गोठमा दाउरा लिन पुगेको समयमा करणी गरेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनि माथि जबरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

footer