kumari
stcnepal

पृथ्वीबहादुर शाहको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा सुनुवाई हुने

काठमाडौं । पृथ्वीबहादुर शाहले राष्ट्र बैंक विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाई हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई हुनेगरी पेशी तोकिएको छ । वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका सञ्चालक पृथ्वीबहादुर शाहले अमेरिका बाट आएको रकम राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको भनेर राष्ट्र बैंक विरुद्ध रिट दायर गरेका हुन् ।

अछामको दर्ना–८ घर भएका पृथ्वीबहादुर शाहको नाममा अमेरिका बाट आएको ४० करोड रुपैयाँ नेपालका विभिन्न बैंकमा रोक्का राखिएको छ । शाहले सो रकम फुकुवाका लागि आग्रह गरेका छन् ।

 

 

footer