kumari
stcnepal

२५० वटा सानो रिङ आकारको सुन डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिला पक्राउ

काठमाडौं । डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिला सुन सहित पक्राउ परेकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट एक महिला पक्राउ परेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। दोलखाकी २४ वर्षीय एक महिलालाई प्रहरीले बुधबार राति ७ बजे पक्राउ गरेको हो।

कतार एयरवेजबाट दोहा बाट काठमाडौं आएकी उनले ४२ थान बच्चाको डाइपर बोकेर ल्याएकी थिइन्। त्यस भित्र ३१७ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको भट्टराईले बताए।२५० वटा सानो रिङ आकारको सुन बरामद गरेको हो।

ती महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

 

 

 

footer