kumari
stcnepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १४ करोड रुपैयाँ बराबरको ७ किलो खैरो हेरोइन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ । दक्षिण अफ्रिका बाट जोनेसवर्ग-कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथ बाट ७ किलो खैरो हेरोइन बरामद भएको हो ।

ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ । प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।

उनलाई पछ्याउँदै गएका ब्यूरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका दुवै जना विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

 

 

 

footer