kumari
stcnepal

रोकिराखेको बुद्ध एयरको जहाज भित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ ।

विमानस्थलको आन्तरिक उडान तर्फ पार्किङ गरेर राखिएको बुद्ध एयरको विमानमा बेवारिसे अवस्थामा डलर भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार साँझ बुद्ध एयरको उडानद्वारा भद्रपुर बाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्याग भित्र बेवारिसे अबस्थामा डलर फेला परेको थियो ।

बरामद डलरलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको भनिएको छ ।

 

 

 

footer