kumari
stcnepal

बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिए

बुटवल । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताए । शव नजिकै शिशाका बोत्तल, रक्सी लगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरू गरिएको डीएसपी केसीले बताए । मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारी सँग बस्दै आएका प्रहरीले जनाएको छ ।

 

 

 

footer