kumari
stcnepal

मोरङ बाट ६ लाख ४१ हजार नगद सहित सात जुवाडे पक्राउ

विराटनगर । प्रहरीले ६ लाख ४१ हजार नगद सहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार मोरङको ग्रामथान गाउँपालिका-४ कटहरा बाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका-६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका-२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका-६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान-५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान-४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् ।

साे स्थानमा एक वर्ष देखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि यसअघि पटक-पटक प्रयास गर्दा प्रहरी असफल भएको थियो । पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

 

 

 

footer