kumari
stcnepal

रुपन्देही बाट ७ नाल भरुवा बन्‍दुक सहित ४ जना पक्राउ

रुपन्देही ।प्रहरीले ७ नाल भरुवा बन्‍दुक सहित ४ जनालाई पक्राउ गरेको छ ।उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका- ६ सताक खोला बस्ने ३६ वर्षीय गणेश राना, सोही नगरपालिकाका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुन बहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेका छन् ।

प्रहरीले उनीहरुको साथ बाट ७ नाल भरुवा बन्दुक, सो बन्‍दुकमा लाग्‍ने १२९ पिस छर्रा, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालत बाट जरुरी पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

 

footer