kumari
stcnepal

डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार साउँद माथि खुकुरी प्रहार

बैतडी ।बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँद माथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँद माथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

माओवादी केन्द्र बाट उम्मेदवार बनेका उनी माथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

 

 

footer