kumari
stcnepal

काभ्रेमा सवारी दुर्घटना हुँदा २ को निधन

काभ्रे ।काभ्रेमा सवारी दुर्घटना भएको छ । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुली बाट काठमाण्डौ आँउदै गरेको जीप एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो ।

भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर आएका थिए ।

मृतक अन्दाजी ६ वर्षको बालक सहित अन्य मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 

 

footer