kumari
stcnepal

बाराको सिम्रौनगढ बाट दुई भारतीय युवक पेस्तोल र गोली सहित पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ बाट हतियार सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–९ मा शनिवार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोली सहित दुई जना भारतीय युवा पक्राउ परेका हुन् । भारतको बिहार स्थित मोतीहारीका वर्ष २३ का पप्पुकुमार यादव र बिहारकै भेलावाका वर्ष २२ का अकलेशकुमार सिंहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमावर्ती भारतीय गाउँ बाट मोटरसाइकल चढेर नेपाल आएका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्ने क्रममा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद गरेको बताइएको छ । सशस्त्र प्रहरीका अनुसार पेस्तोल र गोली सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।

 

 

footer