kumari
stcnepal

खैरहनीमा युवा संघका नेता कुमार थापा माथि धारिलो हतियार प्रहार

चितवन ।चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापा माथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले हतियार प्रहार गर्दा थापा गम्भिर घाइते भएका छन् । खैरहनी–८ स्थित उनकै घर नजिक उनी माथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहार बाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्ष अघि नेपाली कांग्रेस बाट एमाले प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण उनी माथि आक्रमण भएको हुनसक्ने अनुमान छ । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उनी सक्रिय रुपमा लागेका थिए ।

 

 

footer