kumari
stcnepal

सीटीसी मल लिलामीमा

काठमाडौं ।सिभिल ग्रुपका अध्यक्ष व्यवसायी इच्छाराज तामाङको सीटीसी मलका कबलहरू लिलामीका लागि कर्मचारी सञ्चय कोषले सूचना निकालेको छ । तामाङले कोषको ठूलो रकम नतिरेपछि लिलामीका लागि सूचना निकालिएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू लिलामीमा राखिएको हो ।

कोषले लिलामीका लागि ३५ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न सोमबार सूचना निकालेको छ । कोषले सबै सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो । ठगी अभियोगमा अहिले जेलमा रहेका तामाङको सीटीसी मलमा ५० प्रतिशत स्वामित्व रहेको छ ।

मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् ।मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखिया सहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुसार कम्पनीले लिएको ऋणको नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि लिलामी सूचना निकालिएको हो।

 

 

footer