kumari
stcnepal

अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालक सहित दुई जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर

काठमाडौं ।अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालक सहित दुई जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल मार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार कम्पनीका आरोपितद्वयले राजस्व चुहावट गर्ने मनासायका साथ नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक जारी गरेको अनुसन्धानमा पाइएको थियो ।आरोपितहरुले आयकर समेत छलेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागले मूल्य अभिवृद्धि कर तर्फ २ करोड ५० लाख ४५ हजार, आयकर तर्फ ६ करोड ३ लाख ३२ हजार गरी कुल विगो ८ करोड ५३ लाख ७७ हजार कायम गरेको छ । यस्तै विगोको शत प्रतिशत जरिवाना समेत गरेर कुल १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ माग दावी गरिएको विभागले जनाएको छ ।

 

 

footer