kumari
stcnepal

१३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेकी भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

काठमाडौं ।भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।उनि बन्द कोठा भित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठा भित्र झुण्डिएको अवस्थामा फेला परेको बताए ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए । हाल सम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।

नेपालगञ्ज निवासी सन्जु काठमाडौं स्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभु स्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

 

 

 

footer