kumari
stcnepal

माआबादी कार्यकर्तालाई १० दिन थुनामा राख्न अदालतको आदेश

रुकुम ।एक जना महिलाको अपरण पछि हत्या गरेको आरोपमा पक्राउ परेका तीन जना माओवादी कार्यकर्तालाई १० दिन सम्म थुनामा राखेर अनुसन्धान गर्न रुकुम पूर्वको जिल्ला अदालतले म्याद थप गरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादी बाट वडाध्यक्ष उम्मेदवारकुमार सिंह बुढालाई अनुसन्धानको लागि दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

वैशाख १९ गते पुथाउत्तरगंगा गाउँपालिका १० तकसेरामा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरु विरुद्ध २० गते किटानी जाहेरी परेको थियो ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरा देखि करिब चार किलोमिट रमाथि जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ । मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएकोे छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

footer