kumari
stcnepal

मतपत्र खोसेर भागेका दोलखाका पूर्व वडाअध्क्ष पक्राउ

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् ।बुधबार वडा नम्बर १ को वडा कार्यालय भवन स्थित मतदान स्थलमा कर्मचारीको हात बाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हात बाट मतदाता परिचयपत्र खोसेर लगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए ।

उनका अनुसार काफ्लेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको थियो । काफ्ले विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कसूर अन्तर्गत कारबाही चलाएको अर्यालले बताए ।

 

 

footer