kumari
stcnepal

स्याङ्जामा जीप दूर्घटनामा परि १३ जनाको निधन १२ जना धाईते

काठमाडौं ।स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।

यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रे बाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडक बाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।

गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।

footer