kumari
stcnepal

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते

रामेछाप ।रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँ बाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीले जानकारी दिए ।

 

footer