kumari
stcnepal

सरकारलाई सभामुखको किशोरी बलात्कार प्रकरणको छानबिन गर्न निर्देशन

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजक मध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुरा प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

 

 

footer