kumari
stcnepal

ललितपुरको बालकुमारी बाट पेस्तोल र चार राउण्ड गोली सहित दुई पक्राउ

काठमाडौं ।ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारी बाट पेस्तोल र त्यसमा लाग्ने गोली सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चार वटा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।

 

footer