kumari
stcnepal

आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । २,२३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १,१४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

footer