kumari
stcnepal

सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ : तारा एयर

काठमाडौं ।पोखरा बाट जोमसोम जाँदा सम्पर्क विहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्ग बाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्ग बाट त्यस तर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

 

footer