kumari
stcnepal

विशेष अदालतले दुई फरक भ्रष्टाचारको आरोप लागेका सरकारी वकिल थापालाई एकसाथ सफाइ दियो

काठमाडौं ।विशेष अदालतले दुई फरक प्रकृतिका मुद्दालाई एकै साथ हेरेर आरोपितलाई सफाइ दिएको छ । घुस प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दाका आरोपित सरकारी वकिल (सहन्यायाधीवक्ता) सुरेन्द्रबहादुर थापालाई विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ कात्तिक २०७५ मा पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा थापालाई पक्राउ गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २८ माघ २०७८ मा थापामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अर्को मुद्दा दायर गरेको थियो । फरक प्रकृतिका यी दुई मुद्दालाई विशेष अदालतले एकसाथ राखेर सफाइ दिएको हो ।

न्याय निरुपणमा संलग्न तीनमध्ये न्यायाधीश रमेशकुमार पोखरेल सरकारी वकिल पृष्ठभूमिका हुन् । ‘यहाँ सरकारी वकिल बाट नै उच्च अदालतको न्यायाधीश हुनुभएको हो । सरकारी वकिल हुँदा सहन्यायाधीवक्ता थापा र उहाँ सहकर्मी हुनुहुन्थ्यो,’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘विशेष अदालतमा अहिले ६ जना न्यायाधीशहरुको टोली छ । सदस्य पोखरेलले पूर्वसहकर्मीको मुद्दा हेर्नुभयो, दुई फरक मुद्दामा एकसाथ सफाइ भयो । कसो-कसो असहज देखिएको छ ।’

footer