kumari
stcnepal

गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा हरिजनको निधन बारे छानबिन समिति गठन

काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनको निधनका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णय बाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए । कारगार भित्रै हरिजनको शंकास्पद निधन भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।

 

 

footer