kumari
stcnepal

जाँच आयोगले दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर जिम्मा लियो

काठमाडौं ।गत आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ । लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।

 

 

footer