kumari
stcnepal

जनकपुर बाट भैरहवा जादै गरेको बस दुर्घटना हुँदा ९ यात्रुको निधन

काठमाडौं ।जनकपुर बाट भैरहवा तर्फ आइरहेको यात्रु बहाक बस आइतवार बिहान दुर्घटना हुँदा ९ जनाको निधन भएको छ । लु२ख ३८४१ नम्बरको बस हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडक खण्ड अन्तर्गत रोहणी खोलामा खसेको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले दुर्घटनामा १ जना महिला सहित ९ जना यात्रुको निधन भएको जानकारी दिए । गाडी पुलको रेलिङ भाँचेर खोलामा खसेको छ ।

दुर्घटनास्थल बाट ३३ जना यात्रुको उद्दार गरिएको थियो । घाइते यात्रुहरुको भैरहवा स्थित भीम अस्पताल र युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा उपचार भइरहेको छ । जेसीभीको माध्यम बाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्दार गरिएको थियो । निधन भएकाका यात्रुहरुको पहिचान अहिले सम्म खुल्न सकेको छैन । डिएसपी पौडेलले भने, ‘१५ जना गम्भीर घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।’

बस बिहान पौने ६ बजे दुर्घटनामा परेको थियो । गाडी दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । रात्रीकालिन बस भएको हुँदा चालक निदाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा गाडी चालक पनि घाइते छन् ।

 

 

footer