kumari
stcnepal

आज थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ९ जना निको भएका छन् भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४६० पुगेको छ । यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १३७ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer