kumari
stcnepal

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिए

काठमाडौं ।फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन । घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

 

 

footer