kumari
stcnepal

बाँकेमा किशोरी माथि सामूहिक बलात्कार, सात जना पक्राउ

बाँके ।बाँकेमा एक किशोरी माथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जना माथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

 

footer