kumari
stcnepal

नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार स्थित जिल्ला अदालत परिसरमा गोली चल्यो

बुटवल ।नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार स्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरु बीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer