kumari
stcnepal

आज थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ९ जना निको भएका छन् भने हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ । योसँगै नेपाल निधन  हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

 

footer