kumari
stcnepal

भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका बोडेमा पुरुषको शव भेटियो

भक्तपुर ।भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ । बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

उनका अनुसार साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।

 

 

footer