kumari
stcnepal

भेरी नदीमा जिप खस्यो, चालक र सहचालकको निधन

काठमाडौं ।रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडी बाट रिम्ना तर्फ जाँदै गरेको ग. १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको निधन भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो । प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो ।

 

footer