kumari
stcnepal

अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा१९७ जार सहित २ पक्राउ

काठमाडौं ।विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ । यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको एसपी मैनालीले बताए ।

 

footer