kumari
stcnepal

हङ्कङलाई ११० रनको लक्ष्य दियो नेपालले

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ । मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् । तेस्रो क्रममा आएकी ब्याटर इन्दु बर्मा खाता खोल्नै नसकी आउट भइन् । चौथो क्रममा आएकी विकेटकिपर ब्याटर काजल श्रेष्ठ १ रनमै एलबीडब्ल्यु आउट भइन् ।

 

footer