kumari
stcnepal

कोईरालाले तोडे अनसन, धितोपत्र बोर्ड र कोईराला बिच भयो सहमति

काठमाडौं । असार १ गतेदेखि शेयर बजार सुधारको १९ बुँदे माग राख्दै आमरण अनशनमा बसेको लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन् । १९ बुँदे माग कार्यान्वयनका लागि प्रतिबद्धता सहित समन्वयन गर्ने सहमतिपछि लगानीकर्ता कोइरालाले आज दशौं दिनपछि अनशन तोडेका हुन् । उनी यसअघि पनि दुई पटक आमरण अनशन बसेका थिए ।

बोर्ड अध्यक्ष रमेश हमालको हात बाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसन अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विघटन भएको बताएका छन् ।

सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे माग सहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।

बोर्डले लगानीकर्ताको मागहरू सम्बोधन गर्नेगरी कार्यान्वयन समिति गठन गर्ने सहमति जनाए सँगै कोइरालाले आमरण अनसन अन्त्य गरेका हुन् ।

 

 

footer