kumari
stcnepal

सिरहाको लहानमा साथीले चलाएको गोली लागेर युवक गम्भीर घाइते, २ जना पक्राउ

सिरहा ।सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए ।

निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ । घटना रविन चौधरीको घरमा भएको निरीक्षक साहले बताए । उनका अनुसार प्रहरीले घटना भए लगत्तै १९ वर्षीय शुशान्त चौधरी र लिलिप मुखियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सुशान्त चौधरी, सुरज मुखिया र घाइते भएका दिलिप मुखिया कोठामा बस्‍ने साथी हुन् । प्रहरीले घ‍टनास्थल बाट एक थान पेस्तोल, ७.५ एमएम लेखिएको ५ राउण्ड गोली, १ थान म्‍याग्जिन र १ थान गोलीको खोका बरामद गरेको छ ।

यस्तै सुशान्त चौधरीको घर नजिकै बाँसघारी बाट एक थान कटुवा पेस्तोल, ५ राउण्ड गोली र ७.६ एमएम लेखिएको ४ वटा गोली समेत बरामद गरेको प्रहरी निरीक्षक साहले बताए ।पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

 

footer