kumari
stcnepal

अछामका बिनोद शाहीको हत्या आरोपमा मेयर सहित ७ जना पक्राउ

काठमाडौँ ।अछामका १५ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित ७ जनालाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक वडा नं. ४ मा शाहीको हत्यामा संलग्न आरोपमा मेयर चलाउने सहित पक्राउ परेका हुन् । गत जेठ १७ गते दुई पक्ष बीच भएको विवाद देखि बेपत्ता शाही २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । शाहीको हत्या भएको भन्दै आफन्तले मेयर चलाउने सहित १३ जना विरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए ।

प्रहरीले यसअघि पाँच जनलाई पक्राउ गरिसकेको थियो भने अन्य दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीले अनुसन्धन अन्तिम चरणमा पुगेको र केही दिनमै अदालतमा रिपोर्ट बुझाइने जनाएको छ ।

 

 

footer