kumari
stcnepal

आज थपिए ४० जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३५४ पुगेको छ ।

 

 

footer