kumari
stcnepal

आज थप ९० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer