kumari
stcnepal

बिनोद शाही निधन प्रकरणमा ४ जना पुर्पक्षका लागि थुनामा पठाइए

धनगढी ।अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

श्रेस्तदार पौडेलले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको बताउँदै अन्य फरार रहेकाहरुको खोजी गरेर पेश गर्न प्रहरीलाई आदेश गरिएको जनाए ।

 

 

footer