kumari
stcnepal

नेपालले आज नामिबिया सँग खेल्ने

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । आज शनिबार तेस्रो खेल अन्तर्गत नेपाल र नामिबिया बीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन । सिरिजको पहिलो खेलमा नेपाल नामिबिया सँग ४० रनले पराजित भएको थियो । सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध आइतबार खेल्नेछ ।

 

 

footer