kumari
stcnepal

ब्याटिङमा कमजोर प्रदर्शनले नेपाल नामिबिया सँग ६३ रनले पराजित

काठमाडौं ।ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबिया सँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबिया सँग ४० रनले पराजित भएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे ।६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।

 

footer